काठमाण्डौँ । निर्देशक रामबाबु गुरुङ निर्देशित नयाँ फिल्म ‘साइँली’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।  फिल्ममा कलाकार गौरव पहाडी, मेनुका प्रधान दयाहाङ राई र केनिपा सिंहको साथमा माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय रहेको छ ।

२०१७ को सुपरहिट गीत ‘साइँली’को नाम सापटी लिएर बनेको फिल्मकोआइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक ट्रेलरमा मुख्य कलाकारलाई स्थान दिइएको छ ।

ट्रेलर हेर्नुहोस्

तपाईको प्रतिक्रिया