टीआर सेनेहाङ
तेह्रथुम
चर्चित गायक जेपी नेम्बाङ र सुरिलो स्वरकी धनी सुनिता थेगिमको स्वरमा रहेको ‘याक चौरी चर्ने’ बोलको गित सार्वजनिक भएको छ । पुर्वेली लोकलयमा आधारित यो गित जेपी नेम्बाङको आफ्नै युट्युव च्यानल बाट सार्वजनिक गरिएको हो । सार्वजनिक भएको केही दिनमै गितलाई दर्शकहरुले बबाल मन पराएका छन् ।

नेपाली सांगितिक क्षेत्रमा स्थापित गायकको रुपमा परिचित नेम्बाङले यो गितबाट दर्शक र शुभचिन्तकहरुको मन जित्न सक्ने समेत बताए । पहिलो पटक भेट भएको मायालुलाई उसको चाल चलन र मधुर बोली अनि आनीबानीलाई बर्णन गर्दै ठट्यौली गरिएको गितको शब्द सुजन सिरेङ चोङबाङले लेखेका हुन् ।

गायक नेम्बाङकै संगित र चन्दु गोर्खालीका एरेञ्जे गरेको यो गित दर्शकहरुले औधी मन पराउने आशा लिएको गायिका थेगिमले बताईन् । यो भन्दा अगाडी नेम्बाङ र थेगिमको युगल आवाजमा रहेको ‘मुयेङ ऐरेना’ बोलको लिम्बुभाषी गित दर्शकहरुले निकै रुचाएका थिए ।

भिडियो यता ,

 

तपाईको प्रतिक्रिया