काठमाडौँ । लमजुङ मस्याङदी गाउँपालिका छिनखोला ७ की गायिका लक्ष्मी तामाङ काठमाडौँलाई कर्मभूमि बनाइ साङ्गीतिक क्षेत्रमा आफूलाई स्थापित गराउँदै आएकी छन्।

विभिन्न मेला महोत्सब स्टेज कार्यक्रमदेखि अन्य धेरै कार्यक्रमहरुमा सधै व्यस्त रहने गायिका लक्ष्मी तामाङले सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन्।

दर्जनौ हिट गीतहरु आफ्नो मिठो जादुमय आवाज भरि सकेकी सुन्दरी गायिकाले आफ्ना गीतहरुको म्युजिक भिडियोहरुमा आफै मोडलिङ गर्दै आएकी छिन्।

लक्ष्मी तामाङले दर्जनौ लोक गीत, आधुनिक गीत तथा सेलो गीतहरु बजारमा लिएर आइसकेकी छिन् भने आधा दर्जन म्युजिक भिडियो समेत बजारमा लिएर आईसकेकी छिन्।

तपाईको प्रतिक्रिया