एजेन्सी – चर्चित अभिनेत्रि रानी मुखेर्जीको फिल्म ‘मर्दानी’को सिक्वेल बन्ने भएको छ । गोपी पुथ्रणको निर्देशनमा बन्ने फिल्म मर्दानी २ मा रानी मुखेर्जीकै मुख्य भुमिका रहने बताइएको छ । भारतिय मिडियाका अनुसार यस फिल्म आदित्य चोपडाको निर्माणमा बन्न लागेको बताइएको छ । यस फिल्मको शुट भने आज बाट सुरु हुने बताइएको छ ।

फिल्म ‘मर्दानी’को सिक्वेल बन्ने बारे भने २०१८ को डिसेम्बरमा नै गरिएको थियो ।यस फिल्म भने यसै बर्ष नै रिलिज हुने बताइएको छ । यसको पहिलो फिल्म ‘मर्दानी’ सन् २०१४ मा रिलिज भएको थियो । फिल्म ‘मर्दानी’ लाइ पनि आदित्य चोपडाले नै निर्माण गरेका थिए ।

तपाईको प्रतिक्रिया