राजु बोहरा–काठमाडौँ । पछिल्लो समयमा नेपालि लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरुले  कलाकारहरु बाट फरक-फरक सांगीतिक स्वादको अपेक्षा गरिरहेका छन् । सोहि अनुरुप अहिले निकै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन् । तर यसरी बजारमा आइरहेको गीतहरुबाट नयाँ स्वाद पाइएता पनि यो किसिमले आफ्नै कला संस्कृति र मौलिकता हराउने हो कि भन्ने मानसिकताले सारंगी बादक तथा गायक हेमन्त कान्छा रसाइलीले पुराना सर्जकको अनुमतिमा बिभिन्न गीतहरुलाई कभरको स्वरूप दिएर ताजा बनाइरहेका छन् ।

हेमन्तले यस अगी पनि केहि गीतलाई कभरको स्वरूप दिएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । त्यसैले पनि उनको नेपाली सांगीतिक क्षेत्रमा एउटा छुट्टै पहिचान स्थापित भैसकेको छ । हेमन्तको पछिल्लो कभर गीत स्व. रामशरण नेपालीको शब्द संगित तथा स्वरमा “सेती खोला चाइनेजो” बोलको हो यस गीतमा अहिले हेमन्त रसाइलीले स्वर भरेका छन् भने गीतको म्युजिक भिडियोमा अर्जुन कुवँर ‘प्रिति बुडो’ र रचना शाहुको अभिनय देख्न सकिन्छ । गीत तयारीको क्रममा रामशरणको स्मरन गर्दै हेमन्तले भने, उहाँ दिग्गज सारंगी बादक, गायक तथा सर्जक हुनुहुन्थ्यो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया