चैत १८ काठमाडौ – नाट्यश्वर हामी सबै कलाकारको सान , कला र कलाकारीताको जगेर्ना हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजना गरिएको नाट्यश्वर म्युजिक अवार्ड कार्यक्रम सम्पन्न भएको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति महामहिम डा. रामवरण यादवको प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विभिन्न बिधाका कलाकर्मिहरुले अवार्ड पाएका छन भने आयोजक समितिले पत्रकार तथा सर्जक  लाई मौलिक सिर्जना संमान गरेको छ ।

नेपाली संगीत ,कला , साहित्य एवं संस्कृतिको बिकासमा आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ का अवसरमा मौलिक सिर्जनाको माध्यमबाट नेपाली लोक संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएको भनेर कदर गर्दै आयोजक समितिले रोशनी लाई सम्मानपत्र दिएको हो ।
बिगत करिब एक दशक देखि नेपाली मौलिक लोक संगीत क्षेत्र र कला पत्रकारितामा सक्रिय रोशनीले सिर्जना गरेका थुप्रै मौलिक सिर्जनाले नेपाली दर्शक श्रोता को मन जितिसकेका छ्न् ।

विशेषत सालैजो ,झ्याउरे,लोकदिहोरी,पन्चेबाजा लगायत का गीतहरू सिर्जना गरेकी रोशनीका सालैजो गीतहरू सोल्टिनी नानी,पुर्णेकी जुन जस्ती,यो मनको कुरा,सोल्टिनी नानी २ ,मायाले होलाकी,तेलको पैचो,गुनासो ,आसुको मुल्य लगायत अरु थुप्रै गीतले नेपाल लोकसांगीतिक बजारमा राम्रो चर्चा कमाउन सफल छ्न् ।

सानै उमेरदेखि नेपालि गीतसंगीत साहित्य र कलाकारिता मा रुचि राख्ने रोशनीको गजल सग्रह र उपन्यास ( च्तातिएको मन २०६६/ संघर्ष २०६८) समेत प्रकाशित छ्न भने २०६९ देखि निरन्तर उनी गीतसंगीत र कला पत्रकारिता मा सक्रिय छिन । यसरी नेपालि मौलिकता बोकेका गीतसंगीत सिर्जना र प्रबर्द्धन मा उनले पुर्याएको योगदानको उच्च कदर गर्दै हिजो बनेपामा सम्पन्न नाट्यस्वर म्युजिक अवार्ड मा पुर्व रास्ट्रपति डा. रामबरण यादवको हातबाट उनलाई सम्मान गरिएको आयोजक समितिको भनाइ छ ।

तपाईको प्रतिक्रिया