काठमाडौं,
चैत्र २१ ।

पशु कल्याणका लागि सार्थक अभियान भन्ने नाराका साथ परिवर्तन नेपालले ललितपुर र धादिङमा भएका इटा उद्योगमा आवाज विहिनहरुको आवाज नाटक प्रर्दशन गरेको छ । फाल्गुण ८ गतेबाट प्रारम्भ गरिएको नाटकका एसोशिएट निर्देशक सुरज अधिकारीले वताएका छन् ।

इट्टा उद्योगमा ढुवानीको लागि प्रयोग हुने अश्व प्रजातिका गधा, खच्चर र घोडाको स्वास्थ्य, वसोवास, खानपिन र उनीहरुलाई पनि आरामको, उपचारको आवश्यकतालाई प्राथमिकता दिनु पर्छ भन्ने सन्देश उक्त नाटकले दिन खोजेको छ । यसै सन्दर्भमा एनिमल नेपालको सहयोगमा उक्त नाटक जन चेतनाका लागि गरिएको परिवर्तन नेपालका दिनेश रूपाखेतीले वताए ।

नाटकको लेखन तथा निर्देशन मोहन निरौलाले गरेका हुन् । यसैगरी नाटकमा सुरज अधिकारी, मुना कार्की, सनम निरौला, राजेन्द्र रावल, साजन श्रेष्ठ र सविन कार्कीकोे अभिनय रहेको छ ।

एनिमल नेपालले भारवाहक पशु र अन्य पशुहरूलाई स्वास्थ्य सेवा दिनुका साथै पशु कल्याणका लागि विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया