बैशाख ६- भारतमा यतिबेला प्रधानमन्त्री मोदीको बायोपिक फिल्म रिलिज हुने र नहुनेमा अझै अन्यौल नै दिएको छ । अप्रिल ५ मा नै रिलिज हुनु पर्ने यो फिल्म अझै रिलिज हुन सकिरहेको छैन । चुनावको संघारमा मोदीको बायोपिक रिलिज भए चुनाव परिणामलाई नै असर पर्ने भन्दै बिपक्षी दलहरुले फिल्म रिलिजलाई नै रोकिरहेका छन् । हुन त सर्बाेच्चले मोदीको फिल्म रोक्नु पर्ने कारण नभएको भन्दै जवाफ दियो तर पार्टीहरुले मोदीको फिल्म रोक्न निर्वाचन आयोगमा उजुरी दिए । यति बेला सुप्रिम कोर्टले मोदीको फिल्म रिलिज गर्ने वा नगर्ने जिम्मा निर्वाचन आयोगलाई नै दिएको छ । उसले फिल्म हेरेर रोक्नु पर्ने वा नपर्ने भनी जवाफ दिन भनेको छ । यता निर्माण टिम र मोदीको भूमिकामा देखिएका विवेक ओवरायले बलिउडबाट पनि आफुले कुनै सपोर्ट नपाएको भन्दै आक्रोस व्यक्त गरिरहेका छन् ।

यसबीचमा निर्माण टिमले फिल्मको टे«लर पनि युट्युवबाट हटाईएको छ । मोदीको फिल्मलाई लिएर बिपक्षी दलले पनि आ आफना धारणा व्यक्त गरिरहेका छन् । यसैबीच उत्तर मुम्बईबाट चुनाव लड्न लागिरहेकी चर्चित नायिका उर्मिला मातोंडकरले पनि मोदीको बायोपिकमा धावा बोलेकीछिन् । उनले मोदीमाथि त कमेडी फिल्म बन्नु पर्ने बताएकीछिन् । उनले भनिन् “प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमाथि बनेको फिल्म केवल एउटा मजाक हो । किनकी उनले आफनो कुनै पनि बाचाहरु पुरा गरेका छैनन्” ।

“५६ इन्च को छाती भएको दाबी गर्नेहरु केही गर्न पनि पुरा असफल साबित भएका छन्” । उनले मोदीको खिल्ली उडाउँदै अगाडी भनिन् “मोदी र उनको अधुरा बाचाहरुमाथि त कमेडी फिल्म बन्नु पछै । लोकतान्त्रिक देशका प्रधानमन्त्रीले पाँच बर्षमा एउटा पनि पत्रकार सम्मेलन गरेका छैनन् यो भन्दा गलत त अरु के हुन सक्ला र ?” उर्मिलाको यस्तो अभिव्यक्तिपछि पनि विभिन्न टिकाटिप्पणीहरु भईरहेका छन् । त्यसो त जब उर्मिला कांग्रेसबाट उत्तर मुम्बईबाट चुनाव लड्ने पक्का भयो तब भाजपाले उनले पाकिस्तानी युवकसंग बिवाह गरेको र भारतीय नै नभएको भन्दै झुठा हल्ला फैलाएको थियो ।

तपाईको प्रतिक्रिया