विराटनगर,
बलिउडका सुपरस्टार अभिनेता सलमान खान अहिले आफनो चलचित्र ‘दबंग ३’को छायांकनमा व्यस्त रहेका छन् । उक्त फिल्मको आइटम गीतका लागि यसअघि अभिनेत्री सन्नी लियोनलाई लिइने चर्चा चलेको थियो । तर, अब यस गीतमा सनी लियोन नभएर अभिनेत्री मौनी रोयलाई फाइनल गरिएको खबर बाहिरिएको छ ।

‘दबंग ३’ ‘दबंग’ र ‘दबंग २’को सिक्वेल रहेको छ । पहिले फिल्म ‘दबंग’ मा अभिनेत्री मलाइका अरोराको ’मुन्नी बदनाम’मा आइटम डान्स रहेको थियो भने ‘दबंग २’ मा करीना कपूर खानले ’फेविकल’मा आइटम डान्स गरेकी थिइन् ।

यस फिल्मका निर्देशक प्रभु देवा र अरबाज खानका अनुसार सनी नै त्यस गीतका लागि ठिक रहेको भएर यो गीतमा सनी लियोनलाई नै राख्न चाहिरहेका थिए । तर, सलमानलाई भने यस आइटम गीतका लागि सन्नीको साटो मौनी रोय ठिक लागेपछि उनले यस गीतमा सनीलाई नराखी मौनी रोयलाई फाइनल गरेका हुन् ।

मौनीसँगै यस गीतमा सलमान खानको पनि डान्स रहने छ । फिल्म ‘दबंग ३’ मा सलमान खानका साथ सोनाक्षी सिन्हा, माही गिल, टिनु आनन्द र अरबाज खानलगायतको कलाकारहरुको मुख्य भूमिका रहने छ ।

तपाईको प्रतिक्रिया