काठमाडौं,
काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलमा पाङ्ग्रा एक्सप्रेसको स्थापना गरेकी चर्चित नेपाली नायिका ऋचा शर्माको विवाहबारे मिडियामा निकै चर्चा चलिरहेको छ । पटक–पटक विवाहबारे सोधिएपनि आफू केही नबोल्ने बताउँदै आएकी ऋचाले एक अन्तर्वार्तामा भने आफूले जीवन बिताउने जीवनसाथी भेटिसकेको जानकारी दिएकी छिन् ।

ऋचाले विवाहको बारेमा प्रश्नमा सोध्दा विवाहको तयारी नरहेको तर यही वर्ष गर्ने सोच बनाएको र विवाह गर्ने व्यक्ति पाइसकेको बताएकी छन् । उनले प्रेमीको नाम लुकाउँदै आफू प्रेममा रहेको भने स्वीकार गरेकी थिइन् ।

आफ्नो प्रेमी कहिले सार्वजनिक गर्नुहुन्छ भन्ने प्रश्नमा कहिले मौका नमिलेको कारणले कुनै एक विशेष कार्यक्रममा म उहाँलाई लिएर अवश्य आउने बताएकी छिन् । विवाहबारे ऋचाले खुलेर केहि बताएकी भने छैनन् ।

खबर अनुसार केही समय अगाडिदेखि ऋचा राजधानीमा रहेको लबिम मलका म्यानेजर दिपेक्ष्य राणाको प्रेममा रहेकी छन् । ऋचा र दिपेक्ष्यलाई परिवारबाट समेत विवाहका लागि अनुमती मिलिसकेको छ ।

ऋचा र दिपेक्ष्य दशैंभन्दा अगाडि नै बैवाहिक जीवनमा बाँधिने भएका छन् । अहिले दुबै पक्षका परिवार विवाहका लागि उपयुक्त समय निकाल्न व्यस्त रहेका छन् ।

तपाईको प्रतिक्रिया