मुम्बइ। कंगना रनावतको फिल्म ‘मेन्टल है क्या’ चर्को विवादमा फसेको छ। मेन्टल है क्या फिल्मलाई लिएर धेरैले कंगनाविरुद्ध अभिव्यक्ति दिन थालेपछि उनकी बहिनी रंगोली चन्देलले ट्विटर मार्फत् त्यसको प्रतिरक्षा गरेकी छिन्। कंगनाको तर्फबाट भन्दै उनले ‘मेन्टल है क्या’ फिल्मले उठाएको विषयले सबैलाई गर्व महसुस गराउने दावी गरेकी छिन्। उनले यस्तो विषय बहस ल्याउनका लागि नै फिल्ममा समावेश गरेको जनाएकी छिन्।

फिल्म ‘मेन्टल है क्या’ले मेन्टल हेल्थसँग जोडिएको संवेदनशील विषयलाई उडाएको आक्षेप कंगनामाथि लाग्दै आएको छ। इन्डियन साइक्र्याट्री सोसाइटीले फिल्ममाथि अब्जेक्सन गरेको थियो। फिल्मको टाइटल नै फेर्नुपर्ने माग उनीहरुले गरेका छन्। सेन्सर बोर्डलाई पत्र लेख्दै उनीहरुले फिल्मको टाइटल फेर्नुपर्ने बहस अगाडि बढाएका हुन्। रोचक पक्ष के भने कंगनाको कुनै पनि फिल्म यस्तो विवादभन्दा बाहिर रहने गरेको छैन।

तपाईको प्रतिक्रिया