काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको नेपाली गीत ‘झुमा झुमा’ युट्यूवको ट्रेन्डिङ नम्बर एकमा आएको छ । गीतको भिडियो प्रमोद खरेलको औपचारिक युट्यूव च्यानलमा शुक्रवार सार्वजनिक गरिएको थियो ।

म्यूजिक भिडियामा आकर्षणको रुपमा नेपालमा टिकटकबाट चर्चामा आएका जुम्ल्याहा दिदिबहिनी ‘प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा’ले अभिनय गरेका छन् भने नायक पल शाह र गायक खरेल आफैलेसमेत अभिनय गरेका छन् ।

हिमांशु रायमाझीको शब्द, भिम बिसीको संगीत रहेको झुमा झुमालाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । गायक खरेलले यसअघि ओए झुमा झुम्कावाली, चल बतास चल चल, लाई देउन मायाले, यो कुरा गोप्य नै राखौलालगायतका चर्चित गीत दिइसकेका छन् ।

 

 

तपाईको प्रतिक्रिया