काठमाडौं । सस्पेन्स कथामा ‘मन्द–मन्द’ नामक फिल्म निर्माण हुने भएको छ। राजबहादुर सानेको लेखन र निर्देशनमा बन्ने फिल्ममा बिनय श्रेष्ठ, प्रमोद अग्रहरि र रबिन्द्र झा अनुबन्धित भइसकेका छन् भने केही कलाकार छनौट कार्य हुदैछ।

रुद्राक्ष फिल्मस्को ब्यानरमा रुद्र खनाल कार्यकारी निर्माता रहेको फिल्मको सुटिङ बैशाख तेश्रो साताबाट सुरु गरिदैछ। टेकराज रेग्मी र कमल गिरी निर्माता रहेको फिल्म काठमाडौ, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट हुदै जुम्ला र मुगुका बिभिन्न स्थानमा खिचिने जानकारी निर्देशक सानेले दिएका छन्।

दिब्यराज सुबेदीले खिच्ने फिल्मका गीतको कोरियोग्राफर रामजी लामीछाने छन्। ‘मन्द–मन्द’ मा नेपाली समाजमा बिद्यमान बेथितिको बिषयलाई मनोरञ्जनात्मक तवरले प्रस्तुत गरिने निर्देशक साने बताउछन्।

तपाईको प्रतिक्रिया