राजु बोहरा–काठमाडौँ । काभ्रेली युवा कलाकार राजेश ढकाल जसले नपाली लोक तथा दोहोरी गीत संगीतको माध्यमबाट आफ्नै कला संस्कृति र मौलिकताको जगेर्नार्थ बिगत निकै लामो समय यता भूमिका निर्वाह गरिरहेका छन् । लोक तथा दोहोरी गीत संगीतको माध्यमबाट आन्तरिक पर्यटन प्रबर्धनको निमित्त पनि उनले महत्वपुर्ण भूमिका निर्बाह गरिरहेका छन् । सोहि क्रममा राजेशले पछिल्लो पटक आफ्नै लय शब्दले भरेर सरिता खड्काको “बाँसैको काम्रो” बोलको गीत पस्किएका छन् ।

गीत सुन्दा र यस गीतको म्युजिक भिडियो हेर्दा कुनै जात्रामात्रामा सरिक भएर एक आपसमा दोहोरी खेलिरहेको भान हुन सक्दछ । गीतमा राजेश ढकाल र सरिता खड्काको सुमधुर स्वर सुन्न सकिन्छ । मिजासिलो स्वभावका राजेशले बिगतको गीत जस्तै यस गीतलाई पनि अशंख्य दर्शक श्रोताहरुले मन परैदिनुहुनेमा ढुक्क रहेका छन् । यस गीतको शब्द तयार गर्नमा गायिका सरिता खड्काको पनि साथ मिलेको राजेशले बताएका छन् ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा शंकर बि.सी र करिश्मा ढकालको आकर्षक नृत्य सहितको अभिनय रहेको छ । भिडियोलाई निर्देशन शंकर बि.सी ले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् । गीतको अडियो तथा भिडियोको सर्वधिकार मेनुका डिजिटल संग रहेको छ । हामी राजेश लगाएत यस जित संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया