चितवन, २१ बैशाख । चर्चित लोक तथा दोहोरी गायक मिलन लामाले सडकमा उज्यालोका लागि स्ट्रिट लाइट सहयोग गरेका छन ।
उनको घर रहेको रत्ननगर ९ मोहनाको सडकमा उनले ६ वटा लाइट जडान गरिदिएका हुन ।
समाजसेवामा अग्रसर लामाले आफुले जग्गा बेचेको पैसाले लाइट सहयोग गरेको फेसबुकमा लेखेका छन । ६ वटा लाइटलाई २५ हजार खर्च भएको उनले बताएका छन ।
सामन्य भोज भतेरमा खर्च हुने रकमले समाजको मुहार परिवर्तनमा भुमिका खेल्न सक्ने बताउदै उनले सबैले यस्तै प्रयास गर्नुपर्नेमा जोड दिएका छन ।
लोक तथा दोहोरी गायकको रुपमा देशविदेशमा ख्यातिप्राप्त लामा लामो समयदेखि समाजसेवीका रुपमा समेत परिचित छन ।
उनले घर नभएकाहरुका लागि मिलनस् होमको अभियान पनि चलाएका छन

तपाईको प्रतिक्रिया