राजु बोहरा–काठमाडौँ । एकपछि अर्को गर्दै निकै उत्कृष्ट गित संगीतका स्वादहरु बजारमा ल्याउने क्रममा गोर्खाली प्रतिभावान युवा सर्जक रमेश परियारले फेरी अर्को आफ्नो सृजनामा मन छुने गीत बजारमा लिएर आएका छन् । उक्त गीत रन्जन मगरको प्रस्तुति “गयौ तर्केर” बोलको रहेको छ ।

स्वदेशमा युवा स्वरोजगारको सुव्यवस्था नहुँदा कयौं नेपालीहरु बिदेशिन बाध्य बनिरहेका छन् । यस्तै परिस्थितिमा एक युवा आफुले माया गरेको मान्छेलाई छोडेर बिदेशिएको र फर्केर आउँदा अर्कैको सिन्दुर भरिसकेको वियोगान्त कथा यस गीतमा रहेको छ । गीतमा पूर्णकला बि.सी र रन्जन मगरको सुमधुर स्वरले सजिएको छ ।

देवी म्युजिक सुलुसनले बजारमा ल्याएको यस गीतको म्युजिक भिडियो पनि उत्तिकै घत लाग्दो बनेको छ । भिडियोमा सागर थापा र संचिता शाहीको अभिनय रहेको छ । “गयौ तर्केर” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन काजिश श्रेष्ठ, छायांकन सागर गौतम र सम्पादन दिपक विस्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया