गायक आर के खत्रीको आजावमा “ चैन छैन” बोलको गीत आइतबार सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा गायक खत्रीको नै शब्द संगीत रहेको छ । उनले “सिंगल छु” “खाडी मुलुकमा” “बाध्यो रे” जस्ता थुप्रै चर्चित गीतहरु गाएर दर्शक र श्रोताको मन जितिसकेका छन् ।
नायिका तथा मोडल अनु शाह र सुनिल घले ‘रिजोइस’ अभिनय रहेको यस गीतमा छायांकन उत्सब दाहालको रहेको छ । बिक्रम मालकीको निर्देशन तथा कोरियोग्राफी रहेको उक्त गीतमा एरेन्ज शैलेन्द्र प्रधानको रहेको छ भने सम्पादन बिष्णु खड्काको रहेको छ । भिडियो फेवा टाइम्सको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

https://www.youtube.com/watch?v=bAVA5TKSJvs&feature=youtu.be&fbclid=IwAR28-AvDYxEDg9agVC0GRi59P9riblaQ9pvpuE8IVHE0igZtxdVjtjgXJ2I

तपाईको प्रतिक्रिया