काठमाण्डौ जेष्ठ १७ – नेपाली गीत संगीतको बजारमा बिभिन्न गीत संगीतहरु आउछन् जान्छन् तर कती गीतहरु सधैं अमर रहन्छ । यसै क्रममा ईन्द्र झरना पाथर्दीको प्रस्तुती सर्जक दिपेश थापा मगरको ( हाल कोरियामा रहनु हुने  ) सुन्दर शब्दहरु सँगै नयाँ गीत “हिमाल हासेको”  बजारमा आएको छ । यस गीतलाई तनहुँ जिल्ला भिमाद नगरपालिका वार्ड न: ९ पथर्दी गाउँको बारेमा बानाएको हो । यो गीतमा सुन्दर गाउ पथर्दीको बयान गरिएको छ । क्यानोनिङ्ग क्रिषीले प्रसिद्द यो ठाउमा होम स्टेको पनि ठुलो सम्भावना रहेको छ ।

चर्चित गायक तथा संगीतकार डोलराज बारघरे मगरको संगीत तथा एरेन्ज रहेको गीतमा बहुचर्चित गायिका मेलिना राईको स्वर रहेको छ । निर्देशक भुपेन्द्र रिखामको निर्देशानमा बनेको म्युजिक भिडियोमा एकान्त मगर र एलेन मगरको छायान्कन तथा एकान्त मगरकै सम्पादन रहेको छ । पथर्दी गाउको सम्पूर्ण गाउलेहरुको सहयोग सँगै बनेको म्युजिक भिडियोमा चर्चित मोडेल रिना थापा मगर र हसिना थापा मगर सँगै कौरा ग्रुपका कलाकारहरुको अभिनय रहेको छ । उक्त गीतलाई ग्यालेक्सी म्युजिक प्रा ली बजार ब्यबस्थापन गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला

तपाईको प्रतिक्रिया