राजु बोहरा–काठमाडौँ । केहि दिन अगी मात्रै बहु प्रतिभाका धनी दुर्गा बिरहीको नयाँ गीत “पातीले बारेको घर” को बिमोचन कार्य सम्पन्न संगै भिडियो सार्वजनिक भएको छ । दुर्गा बिरहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा चर्चित गीतकार रमेश बिजी रहेका थिए । कार्यक्रममा चर्चित लोक गायिका बिमा कुमारी दुरा, बरिष्ठ कलाकार सुरबिर पण्डित, गायक रेशम सापकोटा, सञ्चारकर्मी चन्द्रमणी गौतम, समाजसेबीहरु, गायक र पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

सो कार्यक्रमको सञ्चालन सञ्चारकर्मी राजकुमार रायमाझीले गरेका थिए । यस बिमोचन कार्यक्रममा मिडिया संयोजन प्रकाश बराईली अभिब्यक्तीले गरेका थिए । “पातीले बारेको घर” मा दुर्गा बिरहीको शब्द, संगीत रहेको छ भने बिमा कुमारी दुरा, खड्ग गर्बुजा, देबी घर्ती, दुर्गा बिरही, जितन श्रीस, सुब्बा रानाभाट, ईन्दिरा गुरुङ आदीको स्वर रहेको छ । सो गीतमा रेशम सापकोटा र आशा शाहीको संबाद रहेको छ ।

बिक्रम चौहानको निर्देशन रहेको यस गीतमा प्रकाश खड्काको छायांकन, सन्तोष महराको ड्रोन, मिलन बिश्वकर्माको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा सुरबिर पण्डित, रमा थपलिया, दुर्गा बिरही, अञ्जली अधिकारी, नुना बिसी, धमेन्द्र बस्नेत, दुरपती मुस्कान, सन्तोष कडरा, नरेन्द्र सिंह लगायतको अभिनय हेर्न पाईन्छ । भिडियो एकदमै उत्कष्ठ बनेको छ र गीत पनि मार्मिक रहेको छ । कस्तो छ त गीत हेर्नुहोस् भिडियो । भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया