काठमान्डाँै ।
बिजि बर्मा फिल्म्सको ब्यानरमा कला राई को प्रस्तुतिमा निमार्ण भै रहेको नेपाली कथानक चलचित्र काँचुलीको छायाँकन काठमान्डौका विभिन्न रमणिय स्थानहरुमा भै रहेको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए ।
जसरी सर्पले काचुली फेर्छ त्यसै गरि मानिसले रङ फेर्छ भन्ने सन्देश चलचित्रमा रहेको चलचित्रका निर्देशक तथा लेखक शंकरले बताए । चलचित्रमा दिप कुलुङ , भुमा सापकोटा ,शुभेच्छा थापा,राजन महर्जन ,अस्मि थापा,राजन श्रेष्ठ ,रबिन श्री,रिजन बिसुन्खे,अन्जना ज्योती,गोबिन्द लामा,आर जे भिलेन,मिलन तामाङ , रामशरण खत्री को अभिनय रहेको छ ।
सुशील डागी को छायांकन ,राजन महर्जन को नृत्य देव महर्जन को द्वन्द रहेको निमार्ण पक्षले बताएको छ । चलचित्रलाई आगामी मंसिर ११ गते रिलिज गरिने चलचित्रका मिडिया कोर्डिनेटरले बताए ।

तपाईको प्रतिक्रिया