काठमाडौं। गीतकार हिमान्सु रायमाझीको अर्को प्रस्तुती ‘परे परे मायामा’ दर्शकमाझ सार्वजनिक भएको छ।

दीलिप समनको निर्देशनमा बनेको यो गीतलाई चर्चित गायिका मेलिना राई र डा. मञ्जिल श्रेष्ठले गाएका हुन् भने भीम बि.सीले संगीत भरेका छन्। गीतमा मदन घर्ती र सृजना जिसीले अभिनय गरेका छन्।

ओम प्रसाईले छायाकन गरेको यस गीतको भिडियोलाई फराज अर्पनले सम्पादन गरेका हुन्।

गीतकार हिमान्सु रायमाझीले यसअघि पनि थुप्रै गीतहरुमा आफ्नो शब्दहरुले दर्शकको मन जितिसकेकी छिन्। उनले झुमा झुमा, मेरी आमा लगायतका थुप्रै गीतमा शब्दले जादु चलाइसकेकी छन्।

हेर्नुहोस् ‘परे परे मायामा’ को म्युजिक भिडियो:-

तपाईको प्रतिक्रिया