Flash

काठमाडौं। बलिउडकी चर्चित गायिका नेहा कक्कड आज काठमाडौं आउँदै छिन्। भोलि शनिबार ठमेलस्थित लर्ड्स अफ ड्रिङ्स (एलओडी) मा आयोजना हुने नेहा कक्कड लाइभ कन्सर्टमा सहभागी हुन उनी शुक्रबारै काठमाडौं आउने भएकी हुन्।

उनका साथमा इन्डियन आइडल सिजन–१० का दुई प्रतिभाशाली गायक विभोर परासर र कुणाल पण्डित पनि आउँदै छन्। कक्कडले नेपालमा पहिलोपटक हुन लागेको आफ्नो कन्सर्टमा दर्जन गीत गाउने योजना बनाएकी छन्।

पारामाउन्ट इन्टरटेन्मेन्टका प्रमुख तथा अन्तर्राष्ट्रिय मोडल दीप्क घिमिरे तथा एलओडीका सञ्चालक जनार्दन ढुंगेल ‘जेडी’ ले उनलाई काठमाडौं झिकाएका हुन्। सन् २००६ मा भएको इन्डियन आइडल सिजन–२ बाट सांगीतिक यात्रा थालेकी कक्कडले अहिले बलिउडकै नम्बर १ गायिकाका रूपमा सक्रिय छिन्।

Published date : २०७६-जेष्ठ-२५ ०७:३२

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]