राजु बोहरा–काठमाडौँ । हट मोडल एवं गायिका भनेर चिनिने ज्योति मगरको प्रस्तुति “जाले रुमाल” बोलको गीत भर्खरै सार्बजनिक भएको छ ।  बिगत निकै लामो समय यता सांगीतिक क्षेत्रमा क्रियासिल ज्योतिले केहि फरक सोच भएका व्यक्तित्व हरुबाट बेला बखत बिभिन्न टिका टिप्पणी खेप्दै आएकी छिन् ।

उनि भन्छिन्, सोच्ने र बुझ्ने सक्तिलाई अहिलेको एक्कासौं सताब्दीको पेरिफेरीमा राख्ने हो भने धेरै कुराहरु पचाउन सकिन्छ ।  त्यसैले कुरा काट्नेहरुको व्यवस्ता गर्दै उनि आफ्नै बाटोमा अगाडी बढिरहेकी छिन् ।  यो जाले रुमाल बोलको गीतमा ज्योति मगर र गायक विशाल गुरुङको स्वरमा रहेको छ । गितमा शब्द संगीत र संगित संयोजन विशाल गुरुङकै रहेको छ ।

केहि लोक पनको स्गिवाद तथा अहिलेका युवापुस्तताहरु प्कोरति लक्षित यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा योगेश काजी र ज्योति मगरको अभिनय देख्न सकिन्छ । क्रान्ती केसी द्वारा निर्देशित “जाले रुमाल” बोलको गीतको म्युजिक भिडियोलाई छायांकन अर्जुन तिवारीले गरेका हुन् भने  सम्पादन निर्देशक स्वयम् क्रान्ति के.सी ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया