आर पोखरेल , काठमान्डाँै ।
महिलाहरुको महान चार्ड तिज आउन अझ केहि महिना बाँकी छ तर तिजका गीतहरु भने सार्वजनिक हुने क्रम सुरु भएको छ । यसै विचमा न्यु अन्जना डिजिटल मिडियाको प्रस्तुतीमा गायक अर्जुन पन्त र गायिका उमा खड्काको आवाजमा सजिएको मौलिक तिजको कोशेली ”दिदि भाई ” गीतको भिडियो बजारमा आएको छ

दिदि भाई विचको मायालाई चार्ड पर्व सगँ जोडिएको छ । जस्तो अवस्थामा भएपनी आफनो माइतिलाई नविसर्न आग्रह गायकले गरेका छन । आफनो मन नदुखाउन आग्रह दिदिले पनी गरेकी छन । अर्जुन पन्तको शब्द तथा उमा खड्काको लय सिर्जना गीतमा रहेको छ ।

याम थापा मगरको एरेन्ज गीतमा रहेको छ । दिनेश मुस्कानको छायाँकन , गोपाल कुमार विसीको सम्पादन तथा दिनेश मुस्कानको निर्देशन भिडियोमा रहेको छ । ”दिदि भाई ” गीतको भिडियोमा अर्जुन पन्त र दुर्गा पाठकको लोभलाग्दो अभिनय रहेको छ ।

”दिदि भाई ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया