काठमाण्डौ – ‘आफ्नै पन, आफ्नै शान, स्रस्टा सर्जकलाई सम्मान, नेपाली संगीतको बिकासमा हाम्रो बेग्लै हाम्रो योगदान’ भन्ने मूल नाराको साथ पाचौ सुन्दरादेबी संदेश म्युजिक अवार्ड थाईल्याण्डको पतयामा सम्पन्न भएको छ ।

नेपाली गीत संगीतको हस्ती शिला बहादुर मोक्तान र कुन्ती मोक्तानको बिशेष आथित्यमा कार्यक्रमको अध्यक्ष किरण प्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सांगीतिक जोडी मोक्तानलाई नगद रु ११ हजार १ सय ११ सहित लाइफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

कार्यक्रम निर्देशक शान्तिप्रियले कार्यक्रममाथि प्रकाश पारेका थिए । उक्त कार्यक्रममा भाग लिन करिब ७२ जना कलाकार, पत्रकार अनि अथितिहरुको टोलि थाईल्याण्ड पुगेको कार्यक्रम संयोजक गीता अधिकारीले जानकारी दिएकी छिन् । कार्यक्रममा राजेन्द्र पुरी, धन कुमारी थापा सरुलाई संगीतकर्मी सम्मान, हरि कर्माचार्यलाई सामाजिक सम्मान प्रदान गरिएको थियो भने अवार्ड बिजेता र सम्मानित व्यक्तित्वहरुलाई नेपालमा केहि दिन पछि नै कार्यक्रमको आयोजना गरि अवार्ड र सम्मान हस्तान्तरन गरिने आयोजकले जनाएको छ । साथै उक्त कार्यक्राम्मा लोक संचारकर्मी सम्मान र रंग पत्रकारिता सम्मान क्रमश राजु बोहोरा तथा राधिका अधिकारीलाई प्रदान गर्ने घोषणा गरिएको छ ।

त्यसै गरि मिलाप मासिकका सम्पादक कृष्ण भुषाललाई पत्रकारिता सम्मान अनि साकुरा नेपाल कन्सल्ट्यान्सीको प्रबन्ध निर्देशक अनुज कुमार श्रेष्ठलाई सामाजिक सेवा सम्मान प्रदान गरिने घोषणा गरिएको छ भने नेपालमा सम्पन्न हुने कार्यक्रममा उनिहरुलाई सो सम्मान हस्तान्तरन गरिने पनि आयोजकले जनाएको छ ।

अवार्ड बिजेताहरु यसप्रकार छन् :

राष्ट्रिय भावको गीत

सुन्दर पन्त : मेरो देशको माटो

तामाङ्ग सेलो तर्फ

गायक : योगेश लामा – आमैले हो आमैले

गायिका : रेशमा बम्जन –आमैले हो आमैले

म्याहेंदोमायातर्फ

गायक : बिस्वपासा तामाङ्ग – ताले ताले

गायिका : मनमाया वाईबा – बोम्तांग नामसारी

मोडल पुरुष : एरिन तामाङ्ग – हाओइ जोरी

मोडल महिला : एन्जिला वाइवा –म्याहोंदोमाया ब्याटल

शब्द : सिंह बहादुर तामाङ्ग – गते ज्याबा

आधुनिक तर्फ

गायक : योगेश काजि – थाहा छ मलाई

गायिका : सारिका घिमिरे – दिल टुट्यो

गीतकार : दुर्गा खनाल घिमिरे – पशुपतिमा सुनैको गजुर

संगीतकार : सन्तोष श्रेष्ठ – स्वार्थि छ दुनिया

मोडल पुरुष : दृश्य सुबेदी – मान्छे गर्ने मान्छेको

मोडल महिला ः शिल्पा खड्का – सान्नानी

निर्देशक : राजिब बलामी – मनको मिलन

छायाकार : नवराज उप्रेती – हाम्रो माया जिन्दाबाद

सम्पादक : राजेश कुमार – हावाको झोक

जुरी अवार्ड : ज्योतिप्रकाष बिक – बिन्ति छ मलाई

जुरी अवार्ड : डी.आर उपाध्याय – स्वार्थि छ दुनिया

क्रिटिक्स अवार्ड : रेखा पौडेल – न दिलमा बास दियौ

पब्लिक च्वाईस अवार्ड : अमन श्रेष्ठ – आखाको रंग

क्रिटिक्स अवार्ड : अमृता भट्ट – हिजो सम्म

पब्लिक च्वाईस : जनक सिंह – आगो लगायौ

पप तर्फ

गायक : शसिशेखर बुढाथोकी – झिल्के

गायिका : भाबना आचार्य – मुलको पानि

मोडल पुरुष : दुर्गेश थापा – बहुला २

मोडल महिला : अस्मिता पुरी – मुलको पानी

निर्देशक : बिक्रम चौहान – चालु रै छ यार

पब्लिक च्वाईस ः प्रमिला पुन – नजरैमा

जुरी अवार्ड : लक्ष्मी प्रधान पुरी – सिठी बजाउछ्न

क्रिटिक्स अवार्ड : बबिता श्रेष्ठ

लोकदोहोरी तर्फ

गायक : प्रकाश कटुवाल – छेकेन जामाले

गायिका : शुशिला गौतम – पाहुना

शब्द : शिव हमाल – लालु मै

लय : कस्तुप पन्त – सरर बतासै चलाउनी

नवगायक : धुर्ब जिसी – भेट हुदा ठिक्क

नव–गायिका : संजु न्यौपाने – लाहुर

मोडल पुरुष अभिनय : सुमन खतिवडा – मुनामदन

मोडल पुरुष नृत्य : जेम्स बिसी – जारको पनि

मोडल महिला अभिनय : सारिका केसी – बलिदान

मोडल महिला नृत्य : दिपासा बिसी – उम्लेको बैस

नव मोडल महिला : दुर्गा भट्ट – धान कुटेर चामल

नव मोडल पुरुष : प्रकाश अर्याल – बग्यो त्रिशुली

निर्देशक : बबिता श्रेष्ठ – हजारको नोटले

निर्देशक नृत्य : काजिस श्रेष्ठ – मान्छे फकाएर आफ्नो हुदैन

छायांकार : दुर्गा पौडेल – गाउमा हल चल्यो

सम्पादन : नबिनघर्ति मगर – पान खायो मायाले

एरेन्जर : जुजु गुरुङ – भेट्ने दिन

दोहोरि नवप्रतिभा : सितल ठकुरी – राजा भाको छु

शब्द लय नव प्रतिभा : ईन्द्र दाहाल – घाईते मुटु

शर्मिला श्रेष्ठ : पुजा नगर मलाई – पब्लिक च्वाईस अवार्ड

रमेश परियार : बैशाखी – क्रिटिक्स अवार्ड

जुरी अवार्ड : दुर्गा बिरही – के छ कोशेली

क्रिटिक्स : बिश्वाश पराजुली – बग्यो त्रिशुली

जुरी अवार्ड : कपिल लामा – बलिदान

क्रिटिक्स अवार्ड : छिरिङ्ग दोर्जे लामा – मकवानपुरे थिठो

क्रिटिक्स अवार्ड : रोहित बिसी – राजा भाको छु

तपाईको प्रतिक्रिया