काठमाडौं– वरिष्ठ राजनीतिज्ञ राधाकृष्ण मैनालीले वर्तमान प्रधानमन्त्री ओलीसँग प्रशासन चलाउने कुनै पनि क्षमता नभएको आरोप लगाएका छन् । शुक्रबार सुत्र टिभीको ‘सुत्र बहस’ मा कुरा गर्दै पूर्वमन्त्री समेत रहेका मैनालीले वर्तमान प्रधानमन्त्री केपी ओलीकै कारण गणतन्त्र र वर्तमान व्यवस्थामाथि खतरा भएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री ओलीले सबै कुरा जान्ने मै मात्रै हुँ भन्ने अहंकार पालेकाले र विज्ञहरुको कुरा नसुन्दा देशको अवस्था झन् झन् विग्रिदैँ गएको दावी गरे । उनले नेकपाका नेताहरु आफ्नै स्वार्थमा लिप्त हुँदा देशमा विकास हुननसकेको भ्रष्टाचार उत्कर्षमा पुगेको बताए । उनले नेकपाका शीर्ष नेताहरु कम्युनिष्ट बन्ने त परैको कुरा संस्कारिक समेत बन्ननसकेको आारोप लगाए । उनले प्रश्न गरे, एउटा नेता स्वास्थ्य उपचारमा जाँदा अर्कोले दिएको स्वास्थ्यलाभको कामना समेत ग्रहण गर्ननसक्ने यो कस्तो राजनीतिक संस्कार ? उनले यस्तो राजनीतिक संस्कार बोकेका नेताहरुबाट राष्ट्रमा विकास हुननसक्ने समेत ठोकुवा गरे । उनले वर्तमान प्रधानमन्त्री ओली महाकाली सन्धी भन्दा अघि नेपालको नेता भए पनि त्यसपछि राष्ट्रघाती भएको आरोप लगाए । उनले महाकाली सन्धीपछि केपी ओलीको आर्थिक हैसियत एकाएक उच्च बनेको आरोप लगाए । उनले हिँजो बल्ल बल्ल बसको टिकट काटेर यात्रा गर्ने केपी ओली १० जनासहित जहाज चढ्ने कसरी बने भनेर प्रश्न समेत गरे । उनले वर्तमान अवस्थाबाट मूलुकलाई पार लगाउन पूर्वराजा र वर्तमान राजनीतिक नेतृत्व एक ठाँउमा आउनुको विकल्प नरहेको प्रष्ट पारे । उनले भने, ‘यदि पूर्व राजा र वर्तमान राजनीतिक नेतृत्व एक ठाँउमा आउन सकेनन् भन्ने देश सिक्किमिकरण हुने निश्चित छ ।’
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाली सेनामा खुल्यो जागिर, ३१९ जनाको दरखास्त आह्वान
काठमाडौँ । नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले विहिबार सूचना प्रकाश...
बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ- प्रधानमन्त्री
मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई सम...
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
काठमाडौँ । अस्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ । अस्ट्रेलियाको पार्क र वन्यजन्तु सेवाले पिया कोर्टिस बीचमा...
‘रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक’
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने खालको नीति योजना तर्जुमा ग...
रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाच...
अख्तियारले एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्धा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमु...