राजु बोहरा–काठमाडौँ । देशमा भएगरेका बिकृति र विसंगति लाई व्यंगात्मक प्रहार गर्दै एक अर्को गीत भर्खरै बजारमा आएको छ । केहि महिना अगाडी बजारमा आएको पशुपति शर्माको “लुट्न सके लुट” गीतमा एउटा पंतिले गरेको आलोचनालाई  समेत व्यंगात्मक रुपमा उठान गरिएको उक्त गीत आर सी. सापकोटाको प्रस्तुतिमा “लथालिङ्ग सरकार” बोलको रहेको छ । नेतृत्व तहले मात्र आफ्नो स्वार्थपूर्तिमा लागेपछि देश लथालिङ्ग बन्दै गैरहेको अवस्थालाई मध्यनजर गर्दै तयार पारिएको यस गीतलाई हाल प्रबाशमा रहेका बहुप्रतीभासाली सर्जक रमेश परियारले लय तथा शब्द सिर्जना गरेका हुन् । गीतमा आर.सी सापकोटाको नै रहेको छ ।

प्रस्तुत गीतको म्युजिक भिडियोलाई निकै मेहनतका साथ तयार पारिएको छ । भिडियोमा बिगतमा भएगरेका बिभिन्न घटना क्रमका फुटेजहरुलाई समाबेश गरिंदा अझै पनि देशलाई सहि मार्गमा लैजान जनता सबै एकजुट हुनुपर्छ भन्ने उत्साह प्रदान हुने विश्वास लिन सकिन्छ ।भिडियोमा सुरबीर पण्डित र साथीहरुको रहेको छ । भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन दिपक विष्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया