भारतमा यतिबेला निकै भाईरल र चर्चित बनिरहेकी गायिका हुन रानु मंडल । रेल्वे स्टेशनमा गीत गाएर जीवन गुजारा गर्दै आईरहेकी उनको एउटै भिडियो रानु रातारात चर्चित बनिन् । उनी अहिले त सेलिब्रेटी नै बनिसकेकीछिन् । चर्चित संगितकार हिमेश रेशमियाले उनलाई २ वटा गीत समेत गाउँन लगाईसकेका छन् जसमा तेरी मेरी कहानी बोलको गीत खुबै रुचाईरहेको छ ।

उनले रेल्वे स्टेशनमा गाएको एक प्यारका नग्मा है गीतले उनी रातारात देश तथा बिदेशमा चर्चित बनिन् । चर्चित गायिका लता मंगेशकरका गीतहरु गाएर भाईरल बनेकी रानुको बारेमा भने लताले अकल्पनिय प्रतिक्रिया दिएकीछिन् । उनले रानुको लोकप्रियता देखेर आफुलाई खुसी लागेको बताए पनि अरुको नक्कल गरेर लामो समय टिक्न नसक्ने बताएकीछिन् ।

लताले भनिन् “यदि मेरो गीत गाएर कसैको भलो हुन्छ भने त्यसमा म आफुलाई भाग्यमानी सम्झिनेछु । तर मेरो नक्कल गरेर तपाईलाई लामो समयसम्म सफलता मिल्नेछैन” । लताको यस्तो प्रतिक्रियापछि रानुका फ्यानहरु उनीसंग रिसाए पनि । साथै लताको अभिव्यक्तिले उनी यतिबेला निकै ट्रोल पनि बनिरहेकीछिन् ।

तपाईको प्रतिक्रिया