विभिन्न चाडपर्ब अनुसार समय सान्दर्भिक गीतहरु गाउन सिपालु गायक रमेश पाठकको दशैगीत ‘दशै मेला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा लोक राइको शब्द र रमेश पाठकको संगीत छ भने गायक पाठकलाइ स्वरमा अर्का गायक कृष्ण रसालले साथ दिएका छन भुमिका गिरीको रहेको छ। भिडियोमा अहिलेकी चर्चित मोडेल रश्मी तामांगको अभिनय हेर्न सकिन्छ । भिडियोमा योगेश दाहालको छायाँकन एबम रोशन धितालको सम्पादन तयार यस भिडियोलाइ गायक पाठकको आफनै गाउ धादिंगको गजुरी गाउँपलिकामा खिचिएको हो
। पप ,आधुनिक लोकदोहोरी जस्ता धेरै विधाका गीतहरु गाउन सक्ने खुबी भएका गायक पाठक गीत रचना अनि संगीतमा पनि त्यतिकै पोख्त बन्दै छन् । लामो समय नेपाल टेलिभिजन प्लसमा कार्यक्रम संगीत मन्थन चलाएका पाठक जिनियस म्यूजिक को साथै जिनियस म्यूजिक एन्ड डान्स स्कूलका निर्देशक रमेश पाठक एक संगीत ब्यबसायी पनि हुन ।गायक पाठकको गत बर्षको दशैतिहार गीत र तीजगीतको भिडियोलाई पनि दर्शकलेअत्यधिक मन पराएका थिए ।

तपाईको प्रतिक्रिया