आर पोखरेल , काठमान्डाँै ।
नेपाली लोकदोहोरीमा सर्वाधिक रुचाइएका गायक सज्जन धामी र गायिका हिरा अञ्जली मगरको आवाजमा माया लाउने हो गीतको भिडियो सार्वजनिक भएको छ । युवा पुस्तामा निकै रुचाइएका गायक धामीको माया र प्रेमका भावहरु समेटिएको निकै टिपिकल गीत बजारमा आए सगैँ सर्वाधिक चर्चामा रहेको छ । सज्जन धामीको शब्द तथा लय सिर्जनामा रहेको गीतमा युवा पुस्तामा रहेको प्रेमको भावहरुलाई समेटिएको छ । आफनी मायालुलाई मनै देखी प्रेम गर्ने कुरा गीतमा गायकले गरेका छन । आफनी मायालुलाई लुकी लुकी भेटन गुधुली साझँमा आउने बाचाँ गरेका छन । प्रकाश खड्काको छायाँकन , मिलन विश्वकर्माको सम्पादन , विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा सृष्टि खड्का , सरोज लामिछाने , सौगात मिश्र , र जोश्ना नेपालको लोभलाग्दो अभिनय रहेको छ ।

माया लाउने हो गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया