आर पोखरेल, बनेपा ।
टेक्सास अमेरिका रहनु भएका बरिष्ठ गीतकार तथा समाजसेवी दिलिप योञ्जनले काभ्रेका बिपन्न परिवारका तीन जना छात्र छात्रा हरुलाई कक्षा ११ र १२ अध्ययनको लागी छात्रवृत्ती प्रदान गर्नुभएको छ । उक्त छात्रवृत्ती रकम बनेपामा एक कार्यक्रम आयोजना गरि आदिवासी जनजाती महासंघ काभ्रेका अध्यक्ष लेखराम सारु र नेपाल मगर सांस्कृतिक संघ प्रदेश ३ का मुख्य सचिव श्री सुमन यस्मली मगरले हस्तान्तरण गर्नुभएको छ ।

काभ्रेको खानीखोला गाउपालिका वडा नम्बर ६ की खुसेली पुलामी र गोमा पुलामी तथा सोही गाउपालिकाको वडा नम्बर ७ को योगेश घ्याबालाई उक्त छात्रवृती रकम प्रदान गरिएकोछ । खुसेली पुलामी र गोमा पुलामी बनेपा स्थित चैतन्य क्याम्पसमा कक्षा ११ मा अध्ययनरत छन् भने योगेश घ्याबा पनौती स्थित श्री तेजगंगा कलेजमा कक्षा ११ मा अध्ययनरत छ । हाल ६ महिनाको लागि तीनै जनालाई जनही १२ हजार गरि जम्म ३६ हजार रकम हस्तान्तरण गरिएकोछ ।

तपाईको प्रतिक्रिया