नेपालीहरुको महान पर्व वडादशैं भित्रिइसकेको छ । असोज १२ गते घटस्थापना गरेपछि भित्रिएको यो चाडमा देश विदेशमा रहेका मानिसहरु पनि एकैठाउँमा जम्मा हुन्छन् । यसरी एकैठाउँमा जम्मा हुने र एकआपसमा माया सद्भाव हुने भएकोले पनि वडादशैंको अझ ठूलो महत्व छ ।

दशैं भन्नासाथ किनमेल, खानपिन, टिका, आर्शिवाद, मामाघर एक्कैपटक याद आउँदा उमङ्ग धेरैलाई हुन्छ । तर नेपाली चलचित्र क्षेत्रकी एक नायिका केकी अधिकारीलाई भने दशैं आएसँगै चिन्ताले पनि सताएको छ । दशैं सबैले झैं गरी केकीले पनि मनाउँछिन् । अरु दिन चिन्ता नभए पनि केकीलाई टिकाको दिन लागेपछि उनलाई खुब चिन्ता पर्छ तर त्यो चिन्ता भने एकदमै छोटो समयको लागि र सामान्य लागिसक्यो उनलाई । के हो त केकीलाई चिन्ता लाग्ने कुरा ?

केकीलाइ दशैंमा मान्यजनले दिने आर्शिवादको कारण चिन्ता लाग्ने गरेको बताइन् । चलचित्र ‘छ माया छपक्कै’को प्रोमोशनको क्रममा एक मिडियासँगको कुराकानीमा उनले आफूले विगत ५ वर्षदेखि एउटै आर्शिवाद पाउँदै आएको बताइन् । उनले भनिन्, ‘मैले पाउने पहिलो आर्शिवाद भनेको अर्कोपटक चाँही ज्वाँईसँगै टिक लगाउन पाइयोस् । अब यो पटक पनि त्यहि आर्शिवाद हुनेछ किनकी जीवन त परिवर्तन भएको छैन ।’

कुराकानीनको क्रममा केकीले आफ्नो बाल्यकालमा मनाएको दशैं पनि सम्झिइन् । उनले बाल्यकालको दशैंमा पिङ खेलेको, स्कु छुट्टी भएर छ्टिटै होमवर्क सक्याएको र अन्य धेरै कुराहरुले दशैं विशेष लाग्ने केकीको तर्क छ । उनले दशैंमा आर्शिवाद सँगै आउने दक्षिणा हेर्न आफू एकदमै उत्साहित हुने बताइन् । धेरैपटक बाथरुममा गएर खाममा राखेको पैसा कति छ भनेर हेर्ने गरेको केकी बताउछिन् ।

केकी अधिकारी अभिनित चलचित्र ‘छ माया छपक्कै’ असोज २४ गतेदेखि प्रदर्शनको तयारीमा छ । चलचित्रको टीम अहिले प्रचारप्रसारमा व्यस्त छ । फिल्मले राम्रो ओपनिङ गर्ने र एकदमै राम्रो व्यापार गर्ने चलचित्र पण्डितहरुको आँकलन छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । चलचित्रमा केकीसँगै दीपकाराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट लगाएतका कालकारहरुको अभिनय छ ।

तपाईको प्रतिक्रिया