यतिबेला प्रियंका चोपडा निकै खुशी छिन्। उनी अभिनित राष्ट्रीय पुरस्कार विजेता कलाकारको पछिल्लो हिन्दी फिल्म ‘जय गंगाजल’ २०१६ मा रिलिज भएको थियो। त्यस यता उनी हिन्दी फिल्ममा देखिएकी थिइनन्।

त्यसपछि उनी ‘क्‍वान्टिको’ का साथ हलिउडमा काम गर्न थालेकी थिइन्। २०१७ मा पहिलो पटक उनी अभिनित हलिउड फिल्म ‘बेवोच’ आयो। त्यसपछि उनले ‘ए किड लाइक जेक’ र ‘इजनट इट रोमान्टिक?’ मा काम गरिन्।

प्रियंका अभिनित फिल्म ‘द स्काई इज पिङ्‍क’ अक्टुबर ११ मा रिलिज हुने छ। उनी तीन वर्षपछि बलिउडमा कमब्याक भएकी हुन्।

तर, यतिवेला प्रियंकाले आफ्ना केही सपनाको खुलासा गरेकी छन्। उनले भनेकी छन्, ‘म एउटा ठूलो बंगला किन्‍न चाहन्छु। जुन सपना म समय आएपछि पुरा गर्ने छु।’

‘मलाई लाग्छ की तपाइ जे चाहनु हुन्छ, त्यो पाउनका लागि केही चिज त्याग्नु पर्ने हुन्छ। संसारमा कुनै पनि चिज विना दु:ख मिल्दैन। त्यसका लागि कडा मिहिनेत र समर्पणको आवश्यकता पर्छ। मलाई कुनै कुराको डर लाग्दैन’, उनले भनेकी छन्।

तपाईको प्रतिक्रिया