Flash

निः सन्देह प्रियंका कार्की गसिपमा रमाउने नायिका हुन् । त्यो गसिप सकारात्मक होस वा नकारात्मक भन्ने कुरा उनका लागि गौण छन् । त्यसैले त केही दिन चर्चा सेलायो भने उनी आफैंले खुराक दिने गर्छिन् ।

प्रियंकाले हालै इस्टामा आफ्ना प्रेमी आयूष्मान देशराजसँगको ‘डिप किस’ गरेको तस्वीर पोष्ट गरिन् । धुलिखेल जीप लाइनमा चढ्दा उनीहरुले एकअर्कालाई चुम्बन गरेर सेल्फीस्टिकको मद्दतले तस्वीर खिचेका थियो । यो तस्वीरमा एकजनाले हाँसउठ्दो कमेन्ट गरेका छन्, ‘नपाउनेले माइक्रोवेभ पायो, आलु उसिन्ने भनेर पड्कायो ।’

अर्काे कमेन्ट यस्तो छ, ‘हामीले विहे अगाडि यस्तो गरेको भए समाजबाट बहिष्कार हुन्छ । हजुर बरिष्ठको त कुरै न गरम् ।’

प्रियंकालाई पक्कै थाहा थियो यो फोटो राख्दा गाली खाइन्छ भन्ने । तर, उनले राखिन् । त्यस्तो त कमेन्टमा उनलाई फुक्र्याउने प्रतिक्रियाहरु पनि टन्नै छन् ।

आफूभन्दा करिब ६ वर्ष कान्छा आयूष्मानसँग प्रियंका दोस्रो विवाह गर्दैछिन् । उनीहरुबीच वैशाखमा ईंगेजमेन्ट पनि भइसकेको छ । असारमा बिहे गर्ने घोषणा गरेका उनीहरुले अहिलेसम्म विहे गरेका छैनन् । वर्षाले गर्दा असारमा बिहे गर्न नसकेको तर्क प्रियंकाको छ ।

विवाह गर्न तयार जोडीहरु एक–अर्कालाई माया गर्छन् भनेर दुनियाँलाई देखाइरहनु पर्ने होइन । तर, किन हो, प्रियंका देखाउन आतुर छिन् । भर्खर प्रेममा परेका बेला एउटा सार्वजनिक कार्यक्रममा नै प्रियंका र आयुष्मानले चुम्माचाटी गरेका थिए, जसले निकै विवाद उब्जिएको थियो । त्यहाँदेखि नै प्रियंकाको ‘डाउनफल’ सुरु भएको हो ।

केही समयअगाडि नम्बर वान नायिका मानिने प्रियंकाको करिअरको ग्राफ निरन्तर ओरालो लागिरहेको छ । ओरालो लाग्नुको एउटा कारण उनको फोकस करिअरमा भन्दा प्रेममा हुनु पनि हो भन्ने धेरैको बुझाइ छ । अहिले उनी नायिकाकी आमाको भूमिका पनि सहर्ष स्वीकार्ने स्थितिमा पुगिसकिन् ।

प्रियंकाको २३ वर्षको उमेरमा रोचक मैनालीसँग पहिलो विवाह भएको थियो । तर, उनीहरुको सम्वन्ध धेरै टिकेन । रोचकसँग डिभोर्स गरेर केही समय सिंगल बसेकी प्रियंका आयूष्मानसँग प्रेममा परेकी हुन् ।

Published date : २०७६-आश्विन-२१ १२:३६

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]