मुम्बई – दबंग स्टार सलमान खानसँग जोडिएको एक खबर बाहिर आएको छ । भारतीय मिडियाका अनुसार प्रहरीको अपराध शाखाले सलमान खानको गोराईस्थित बंगलामा छापा मारेर बंगलाको हेरचाह गर्ने ६२ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ ।

ती व्यक्तिलाई पछिल्लो २९ वर्षदेखि प्रहरीको अपराध महाशाखाले खोजी गरिरहेको थियो । खबरका अनुसार पक्राउ परेका ती व्यक्तिले सलमान खानको घरको २० वर्षदेखि रेखदेख गरिरहेका थिए । उनको नाम मुम्बई प्रहरीको खोजी सूचीमा थियो ।

सलमानको बंगलामा चौकीदारी गर्ने ती व्यक्तिको नाम शक्ति सिद्देश्वर राणा हो । यी आरोपीमाथि कुटपिट र चोरीको उजुरी परेको थियो । पक्राउ परेका उनी जमानतमा छुटेपछि फरार भएका थिए ।

तपाईको प्रतिक्रिया