रोशन पोखरेल , काठमान्डाँै ।

नेपाली पप गायनको क्षेत्रका उदयिमान गायक समिर लिम्बुको आवाजमा “लभर ब्वाई “ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

प्रेम र विछोडलाई गीतमा सर्वोकृष्ट रुपमा ब्यक्त गर्न खोजिएको छ । जिवनमा आइपर्ने विभिन्न चोटबाट विचलित भएको कुरा आफनो आवाज मार्फत आफनी प्रेमीकालाई ब्यक्त गरेका छन । प्रेमीकाको सम्झनामा रातदिन विताउने गरेको कुरा गीतमा समेटिएको छ । रमेश रसाइलीको शब्द तथा कमल रसाइलीको संगीत गीतमा रहेको छ ।

अजुन कुमार सुनारको छायाँकन , प्रेम कुमार थारुको सम्पादन तथा शिरिष थापाको निर्देशन भिडियोमा रहेको छ । “लभर ब्वाई ““ गीतको भिडियोमा शिरिष थापा र प्रिया लिम्बुको फिचरिङ रहेको छ ।

“लभर ब्वाई “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया