महिला र पुरूषबिचको आकर्षण सदियौ देखीको एक प्राकृतिक नियम नै हो । जवानीमा प्रवेश गरेपछी त पुरूष तथा महिलाहरूमा एक अर्काप्रति हुने आकर्षण पनि निकै नै बढी हुन्छ । जवानीमा पुगेका पुरूष हुन् या महिला आफू सुहाउँदो र मनपर्दो महिला या पुरूषलाई आकर्षित गर्न चाहन्छन् । यसरी एक-अर्कालाई आकर्षित गर्नका लागि महिला तथा पुरूषहरू विभीन्न हतकण्डा अपनाउने गर्छन् तर सानोभूलले उनीहरु असफल पनि हुने गरेका घटनाहरू पनि निकै नै छन् ।

यस मामलामा पुरूषहरू झन् बढी असफल हुने गरेका छन् । सकेसम्म राम्री युवतीको साथमा रहने चाहनामा उनीहरूलाई आकर्षित गर्न खोज्दा केही साना गत्लिकाकारण ती युवतीको नजरबाट उनीहरू टाढा हुने गर्छन् ।तर यदी केही स(साना कुरामा ध्यान पुर्याउन सके युवतीहरू ती पुरूषहरूसँग सहजै आकर्षित हुन्छन् र पुरूषहरुको राम्री युवतीसँग रहने, हेलमेल गर्ने चाहना पनि पुरा हुन्छ । यसका लागी पुरूषहरुले केहीकुरामा ध्यान भने पुर्याउनु पर्ने हुन्छ । केही यस्ता उपायहरू जसलाई केटी पट्याउन प्रयोग गर्न सकिन्छ ती यस्ता छन्।

यदी केटीलाई पट्याउनु छ भने सबैभन्दा पहिले उक्त केटी के प्रति बढी आकर्षित हुन्छिन् त्यो पत्ता लगाउनु जरूरी हुन्छ । उसका बारेमा जानकारी हासिल गरेपछी उनका सा(साना कुरालाई भने उनीसामू राख्ने र उसको बारे जानकारी राख्न सकेकोमा आफूलाई उनी अगाडि निकै सक्षम तथा घमण्डी देखाउने नगर्नु नै राम्रो हुन्छ ।

केटीका अगाडि कहिल्यै पनि आफूलाई सबैभन्दा जान्ने तथा सबै विषयमा जानकार भएको देखाउन खोज्दा पनि आफूप्रति केटीमा विकर्षण हुने गर्छ । त्यसैले आफूले धेरै कुरा जानेको घमण्ड गर्नु र दुनियाँमा आफूजति जान्ने मानिस अरू कोही छन् भनेर देखाउन नखोज्नु नै राम्रो हुन्छ। त्यस्तै केटीका सामू आफूलाई सकेसम्म परिपक्क, जिम्मेदारव्यक्तिका रूपमा आफूलाई प्रस्तुत गर्ने । आफूले अरूलाई गर्ने व्यवहारमा कुनै फरक नगर्ने अर्थात् ठूला हुन् या साना सबैलाई समान व्यवहार गर्ने गर्दा केटीलाई सहजै आफूप्रति आकर्षित गर्न सकिन्छ।

आफूले गरेको कामप्रतिको लगाव र आत्मविश्वास राख्नु पनि केटीलाई आकर्षित गर्ने माध्यम हुन सक्छ । आफूले गरेको कामप्रति आफ्नो लगावले आफूलाई सफलतातर्फ डोहोर्याउँछ भने त्यही सफलताले केटीहरूलाई पनि आकर्षित गर्दछ । त्यस्तै हरेक कुरा बोल्नु अघि विचार पुर्याउनु राम्रो हुन्छ । केही कुरा बोल्दा या व्यवहारमा कतै उनीसँगयस्तो कुरा बोल्ने र व्यवहार नगर्ने जसले केटी वा उनका साथीको अपमान होस् । यसले अगाडि बढीसकेको कुरा पनि बिग्रिन सक्छ र तपाईको सपना त्यतिकै तुहिन सक्छ ।

तपाईको प्रतिक्रिया