काठमाडौं । नायिका वर्षा शिवाकोटीका लागि घरबार नै छाडेका एक जना निर्देशक घर न घाटका भएका छन् । मिलन चाम्स राईले वर्षा शिवाकोटीका लागि के मात्र गरेनन् । नायिका प्रधान चलचित्र बनाएर वर्षालाई नायिका बनाए । यूरोपमा हुने हरेक कार्यक्रममा लिएर गए । मिलनले वर्षालाई त्यो हदसम्म प्राथमिकतामा त राखे तर आपत परेपछि वर्षा मिलनबाट बिछोडिइन् । समस्यामा परेका मिलन अहिले तनावमा छन् भने वर्षा अमेरिकामा नयाँ केटा साथी बनाएर घुमिरहेकी छिन् ।

हरेक दिन फेसबुकमा अमेरिकाको विभिन्न शहर घुमेको तस्बिर पोष्ट गर्छिन् । अमेरिकामा उनको नयाँ केटा साथी भएको खुलिसकेको छ । मिलन चाम्स राईसँग जोडिएर उनको चर्चा चलिरह्यो । त्यसबारे उनले फेसबुकमा समेत तस्बिर पोष्ट गरेर प्रेमको चिन्ह राखेर यु आर द बेष्ट लेखेकी थिइन् । वर्षाले फेसबुकमा लेखेकी थिइन्, ‘हजुरमा जति जति सिर्जनशिलता कोही निर्देशकमा सायदै होला ।… मलाई म बन्ने यात्रा जुराइदिनु भएकोमा हजुरप्रति निर्क आभारी छु । डियर मिलन चाम्स मुटुको संकेत यु आर द बेष्ट ।’

यतिसम्म लेखेकी वर्षा अहिले मिलनबाट टाढा भइसकिन् । दुवैबीच विवाहको चर्चा थियो । मिलनको परिवारमा बिग्रह समेत आयो । वर्षा मिलनसँग जोडिएपछि समस्या आएको थियो । अहिले यता मिलन समस्याग्रस्त छन् । उता अमेरिकामा वर्षाको रोमान्सले रंगको दुनियाँ गर्मायो । मिलन वर्षासँग मात्र जोडिएका थिएनन् । उनी धेरै नायिकासँग जोडिए । ब्लाइन्ड रककी नायिका वेनिसा हमालसँग नाम जोडिएको थियो । बेनिसाले उनीमाथि गम्भीर आरोप समेत लगाइन् ।

तपाईको प्रतिक्रिया