मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आफुले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुन सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
घरेलु समस्याले सताउने छ । मित्र बनेर धोकादिनेहरु प्रसस्थै हुनेछन् । साथै, अर्थको पनि हानी हुने दिन छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनु पर्ने समय छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ । साथीभाइसंग भेटघाट पनि होला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
बेकारको विवादमा फँस्न सकिन्छ । बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
व्यापारमा गरेको लगानी सन्तोस प्रद रहनेछ । अरुबाट प्रसन्शा पाउनु हुनेछ । मन हर्षित हुने दिन छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा गर्ने देखिन्छ । पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । मित्रजनको सहयोग पनि प्राप्त होला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला । धनको पनि नाश हुन दिने छ । पीडा दिनेहरु सक्रिय रहलान ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछ । नयाँ कामको थालनी हुने दिन छ ।

तपाईको प्रतिक्रिया