मुम्बई – देसी गर्ल प्रियंका चोपडा फिल्म ‘द स्काइ इज पिंक’ बाट बलिउडमा फर्किन् । भलै उनको यो फिल्म दर्शकले मन पराएनन् । तर, प्रियंकालाई यसले फाइदै भएको छ ।

हालै भएको एक सर्वेक्षणअनुसार विश्वव्यापी रुपमा सबैभन्दा बढी खोजिने सेलिब्रेटी प्रियंका चोपडा बनेकी छिन् । सर्वेक्षणले प्रियंकालाई सबैभन्दा धेरै खोजी गरिने अभिनेत्री भएको निष्कर्ष निकालेको हो ।

यो सर्वेक्षण अक्टोबर २०१८ देखि अक्टोबर २०१९ सम्म गरिएको थियो । सन् २०१९ मा प्रियंका चोपडालाई २.७४ मिलियन पटक खोजी गरिएको थियो । सर्वेक्षणको दोस्रो लिस्टमा दीपिका पादुकोण र तेस्रो नम्बरमा सनी लियोनीको नाम छ ।

यो सर्वेका अनुसार बलिउडमा सबैभन्दा बढी खोजिने पुरूष सेलिब्रेटीमा सलमान खान छन् । यस्तै शाहरुख खानको नाम दोस्रो लिस्टमा छ । यस्तै अमरेश पुरी तेस्रो नम्बरमा छन् ।

तपाईको प्रतिक्रिया