काठमाडौं । ‘सिजी कामना फिल्म अवार्ड’को पाँचौ संस्करण हुने भएको छ । कामना मासिक पत्रिकाले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको यो अवार्ड पुष १९ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने भएको हो ।

यस वर्ष अवार्डमा गोदरेज नम्बर वान जोडिएसँगै यो अवार्ड ‘गोदरेज नम्बर वान कामना फिल्म अवार्डस् २०७६’का रुपमा सम्पन्न हुनेछ । यस वर्षबाट प्रतिस्पर्धात्मक २६ विधाबाहेक एसएमएस भोटिङका आधारमा गोदरेज नम्बर वान पपुलर च्वाईस अवार्डसमेत प्रदान गरिनेछ । गोदरेज नम्बर वान पपुलर च्वाईस अवार्डमा नायिकाहरु वर्षा राउत, सृष्टी श्रेष्ठ, साम्राज्ञी राज्यलक्ष्मी शाह, प्रियंका कार्की र स्वस्तीमा खड्का मनोनयनमा परेका छन् ।
त्यसै गरी चलचित्र क्षेत्रमा पुर्याएको योगदानको आधारमा पर्दामा

देखिने र पर्दापछाडि बसेर नेपाली चलचित्रको उन्नतीमा योगदान पुर्याउने एक/एकजना फिल्मकर्मीलाई जनही १ लाख रुपैयाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ ।

त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ । संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्डसमेत प्रदान गरिनेछ ।

यो अवार्ड समारोहमा कुल ३२ विधामा अवार्ड प्रदान गरिनेछ । गोदरेज नम्बर वान पपुलर च्वाईस अवार्डसमेत कुल १५ लोकप्रिय विधामा दर्शकको एमएमएस भोटका आधारमा विजेता चयन गरिँदै आएको छ।

तपाईको प्रतिक्रिया