काठमाडौं माघ  – चर्चित गायक मेक्सम खाती र गायिका पूर्णकला बिसीको आवाजमा नरेश खातीको यथार्थपरक कारुणिक गीत “रुदैरुदै तिम्रो शहर” भर्खरै बजारमा आएको छ ।

प्राकृतिक प्रकोप र् गरिबीलाई अत्यन्त दर्दनाक दृष्यमा समाबेश गरिएको यस गीतमा नायक महेन्द्र गौतमले गरिब परिवारको जिम्बेवार छोरा बन्न आफ्नो बुढी आमा अनि ,आफ्नो जिबनसाथीलाई सधै खुसि राख्न ,सँगै बस्ने मन हुदा हुदै पनि केहि घर छोडेर हिडेको र अर्कातिर नायिका रन्जिता गुरुङ्गले भूकम्पमा परि आफ्नो श्रीमान अपाङ्ग भएपछि आफ्नो श्रीमान अनि बालबच्चाको भबिस्यकोको लागि गरेको त्यागलाई अत्यन्त कारुणिक ढंगमा देखाइएको छ ।

नरेश खातीको शब्द, कुशल बेल्बासेको थेगोमा तयार भएको यस गीतमा राजेश घिमिरेको छायांकन, बिष्णु शर्माको सम्पादन ,प्रकाश भट्टको निर्देशन अनि महेन्द्र गौतम र रन्जिता गुरुङको साथमा हिउँवाला गौतम, नरेश खाती लगायत अन्य बालकलाकारहरुको जिबन्त अभिनय देख्न सकिन्छ यस गीतलाई गोरक्ष म्युजिक प्रा.लि.ले बजार ब्यबस्थापन गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया