नेपाली सागितिक क्षेत्रका प्रतिभावान कुशल गायक हुन् सत्यराज आचार्य । तर उनी गायकबाट पत्रकार बनेका छन् त्यो पनि फोटो पत्रकार । उनीद्धारा निर्मित फिल्म ‘साढे सात’ मा उनी पत्रकारको भुमिकामा प्रस्तुत भएका हुन् ।

यस अगाडि केही फिल्ममा अभिनय गरेका सत्यराजले यस फिल्मबाट दर्शकको अझ धेरै माया र साथ मिल्नेमा पूर्ण आशावादी रहेको इन्टरटेम्मेन्ट खवर डटकमलाइई । केही दिन पहिले मात्र फिल्मको दोस्रो ट्रेलर रिलिज गरिएको थियो । साम्तेन भुटियाको लेखन तथा निर्देशन रहेको फिल्ममा सत्यराज आचार्य, मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, शिशिर वाङ्देल र सुप्रिया कटवाल शीर्ष भूमिकामा छन् ।

सत्य र स्वरुप चलचित्र ‘साढे सात’ का कार्यकारी निर्माता हुन् । यि दुई सहित कलाकार सुनिल थापा, निर्देशक साम्तेनको समेत फिल्ममा लगानी रहेको छ । फिल्मको ट्रेलरमा राजनीतिक दाउपेचका लागि गरिने बन्द हडताल र त्यससँग जोडिने विभिन्न पात्रसँग फोटो पत्रकारले बिताएको पलहरुलाई फोकस गरिएको छ ।
चलचित्र आगामी फागुन ११ गते अल नेपाल प्रदर्शन गरिने गायक आचार्यले बताए ।

तपाईको प्रतिक्रिया