राजु बोहरा–काठमाडौँ । सिन्धुलीमा जिल्लामा जन्मिएर नेपाली लोक दोहोरी संगीतको क्षेत्रमा केही गनु पर्छ भन्ने उदेस्य बोकेर बिगत खी समय यता बाट नेपाली सांगीतिक क्षेत्रमा समर्पित बनेका कृष्ण राई बिन्दास र रामेछाप जिल्लामा जन्मिएर हाल काठमाडौँलाई आफ्नो सांगीतिक कर्म थलो मान्दै आएका बिकाश परियारको संयुक्त प्रस्तुति “मायाको ठेक्का पट्टा” बोलको गीत भर्खरै बजारमा आएको छ । नेपाली लोक तथा दोहोरी गीत संगीतलाई निकै नजिकबाट अध्ययन गरेका कृष्ण अहिले परदेश (साउदी) मा बसेर पनि नेपाली संगीत लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा मोह दर्शाई रहेका छन् । सोहि क्रममा उनले दर्शक स्रोताको मनमा बास बस्ने लक्ष्य सहित “मायाको ठेक्का पट्टा” बोलको गित विकास परियारको साथमा बजारमा ल्याएका हुन् । प्रस्तुत गीतमा सुमधुर स्वरकी धनी बहुप्रतिभाशाली गायीका मुना थापा र विकास परियारको आवाज सुन्न सकिन्छ । गीतको विषयमा संक्षिप्त कुराकानी गर्दै राईले समाजमा सुहाउँदो र अहिलेको परिवेश सुहाउँदो भएकाले दर्शक स्रोताको मन जित्नेमा आफू विश्स्त रहेको बताएका छन् । यस गीतलाई लय गायक बिकाश परियारले तयार पारेका हुन् भने शब्द कृष्ण राई बिन्दासको रहेको छ । गायक विकास परियारले यस अघिका गितमा खासै सफल नभएपनि यस गितले आफूलाई चिनाउनेमा ढुक्क रहेका छन् । म्युजिक ल्याब प्रालि मार्फत बजारमा आएको यस गीतलाई हाल भने अडियो मात्र सार्बजनिक गरिएको छ । अडियो बाट पाएको प्रतिक्रिया अनुसार निकट भबिस्य मा नै भिडियो तयार गरिने निर्माण पक्षले जानकारी गराएको छ ।

अडियो सुन्न को लागि तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया