रोशन पोखरेल , काठमान्डौँ, बैशाख ७ – नेपाली मौलिक लोक दोहोरीमा भन्दा सन्देशमुलक गीत संगीतको बजारमा अभाव खडकिरहेको अवस्थामा छाडापन र अश्लिल अर्धनङ्न भिडियो र कलाकारिता क्षेत्रमा अहिले आएको तमाम बिकृतिको भण्डाफोर सहितको हास्यकलाकार यादव देवकोटा सरापेको बेजोड अभिनयमा एन वि म्युजिक प्रस्तुतिको मनोज विक र सविना पन्तको को हास्यबङ्ग गीत ‘मेरो पालो कैले ’गीतको भिडियो बजारमा आएको छ ।
समाजका विभिन्न विकृतिलाई कलाकारहरुले आत्मसाथ गरेको र नकारात्मक किसिमका गतिविधि गरेर पैसाको प्रलोभनमा परेर गीत संगीत क्षेत्रको बदनाम गरेको तिति यर्थाथलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । ‘मेरो पालो कैले ’गीतका शब्दहरुलाई सन्तोष बानियाँले लेखेका हुन भने राजकुमार बाँनियाले लय भरेका हुन । गीतको भिडियोलाई सागर श्रेष्ठले छायाँकन गरेका हुन भने सम्पादन दिपक विष्टले गरेका छन । भिडियोमा यादव देबकोटा सरापे , सविना पन्त , राजकुमार , दिपक र मनिसा को अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन्

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया