बैशाख १०, ललितपुर । मयुङ बुरिङ ग्रुपले नेपाल स्नेही काखको आश्रममा पुगी खाद्यान्न र आर्थिक सहयोग गरेको छ ।

ललितपुर महानगरपालिका–१३ कुसुन्तास्थित रहेको स्नेही काखमा पुगेर ग्रुपले नगद आर्थिक सहयोग गरेको हो । ग्रुपले सहयोग रकम काखको अध्यक्ष नेहा पोखरेललाई हस्तान्तरण गरिएको थियो । त्यसैगरी ग्रुपले आश्रमलाई तत्काल आवस्यक खाद्यान्न पनि वितरण गरेका थिए । आश्रम आफ्नै मेहनतले चलाएको बताउदै फ्याक्ट्रीहरुमा पुजा गरिएको प्रसाद खुवाउने गरेर सस्ंथालाई चलाइरहेको नेपाल स्नेही काख आश्रमको अध्यक्ष पोखरेलले बताए । आश्रम कुनै संस्थाको डोनसनमा चलिरहेको जस्तो लाग्दो रहेछ । तर त्यस्तो कुनै आर्थिक, खाद्यन्न तथा लत्ताकपडा सहयोग गर्ने संस्था (डोनर) नरहेको बताए ।

मानसिक सन्तुलन गुमेका र बाटोमा अलपत्र रहेको बालबच्चाहरु नै आश्रममा रहेको स्नेह काखका सचिव केशव प्रसाद रिजालले बताए । आश्रमका विरामीलाई सहयोग लागि सरकारी निकाय र विभिन्न संघ संस्थामा गएर कुरा गर्दा आश्वासन मात्र पाएको रिजालले भने । सचिव रिजालले ‘हामीले सहयोग मागेको ठाउँबाट सहयोग पाउन नसकिरहेको अवस्थामा ग्रुपले आश्रमलाई खोज्दै आएर सहयोग गरेको देख्दा चाहिँ मन्त्रीले गर्न नसकेको काम मयुङ बुरिङ ग्रुपले गरे जस्तो लाग्यो’ बन्दै खुशी व्यक्ता गरेको थियो । सडक बालबालिका र मानसिक सन्तुलन गुमाएका विरामी आश्रममा सडक बालबालिक, मानसिक सन्तुलन घुमाएका रहेका छन् । अहिले नेपाल स्नही कोखमा १७ जना महिला र ६ जना बालबालिका गरी २३ जना विरामीहरु छन् । तिनीहरु सबैलाई अहिले आश्रममै राखेर उपचार गरिरहेका छन् । केहीको अवस्था सुधार भएको भए पनि केही विरामी अवस्था सुधार हुन छैन । आश्रममालाई सहयोगका लागि स्वास्थ्थ मन्त्रलायसम्म पुगेका थियो । मन्त्रलायमा पुर्व स्वास्थ्य तथा जनसङ्या मन्त्री गगन थापालाई नेपाल स्नेह काखको टोलीले भेटेका थिए ।

भेटमा मन्त्री थापाले आश्रममा लागि सहयोग गर्ने बचन दिएको भए पनि कुनै सहयोग नगरेको आश्रमले बताए । हामी धेरै पटक मन्यलायमा मन्त्री भेट्न गयौँ, भने जतिको सबै प्रक्रिया पनि पुरा गरे तर काम भने हुन सकेन । त्यसैगरी ललितपुर महानगरपालिकाको मेयर, उपमेयर र वडा अध्यक्षलाई पनि भेटिसकेको बताउदै रिजालले सहयोग हुन्छ भने पनि अहिलेसम्म आश्वसान बाहेक कुनै सहयोग नभएको बताए । वर्षौ बितिसक्दा पनि सरकार पक्षबाट केही सहयोग नपाएको गुनासो गर्नु भयो । सबैतिरबाट आश्वासन बाहेक केही नपाएपछि देश विदेशमा रहेका नेपालीहरुलाई सहयोगका लागि अनुरोध गर्दै आएको बताए । त्यसबाट जम्मा भएको रकमबाट जेनतेन भए पनि आश्रम चलाइरहेको छ । सरकारी निकायमा बसेर आशा मात्र देखाउनेहरुको त विश्वास नै लाग्न छाडि सकेको बताए । नेपाल स्नही कोखले आश्रमको भाडा महिनाको २५००० तिर्नु पर्छ । भाडा तिर्नसमेत आश्रमले सकिरहेको छैन । समयमा भाडा तिर्न नसक्दा घरधनीको आँखा छलेर हिड्नु पर्ने अवस्था पनि आएको बताउछन् । आश्रमको आर्थिक अवस्था कमजोर रहेकोले मासिक तिर्नु पर्ने रकम कहिले ३ महिना त कहिले ६ महिनामा तिर्नु पर्ने बाध्यता रहेको सजिव रिजाल बताउछन् । सहयोग गर्न आउनेहरुले खाद्यन्न र लत्ताकपडा ल्याएर सहयोग गरेपनि आर्थिक रुपमा आफुहरुलाई संस्थाको भाडा तिर्न, विरामीको उपचार गर्न, औषधी आदि किन्न चाहिँ निकै समस्या हुने गरेको रिजालले बताए । रेस्क्यु गरेका महिलाहरु प्रायमा भिरङ्गी रोग देखिएको रहेको रिजालले भने । विरामीको अवस्था पहिलको भन्दा अहिले धेरै नै सुध्रिएको उनले बताउनु भएको थियो । आश्रमबाट अहिलेसम्म २२ जना पुर्ण रुपमा ठिक भएको र उनीहरुलाई आफन्तसंग भेटाएर घर पठाउन सफल भएको बताएका छन् । विरामीले सही नाम र ठेगाना भन्न नसक्दा चाहिँ विरामीको परिवार भेटाउन नसकेको बताए ।

आश्रममा ल्याएका मानसिक सन्तुलन गुमाएका विरामीमध्ये माइकल श्रेष्ठ पुर्ण रुपमा ठिक भएर अहिले एक संस्थामा गेट पालेको रुपमा रहेको बताएको छ । श्रेष्ठलाई आश्रममा सबैले पासा भनिने गर्थे । त्यसैगरी आश्रमबाट ठिक भएर गएकाहरु चम्पा र सृजना पनि हुन् । यसरी सेवा गर्न पाउदा आफुहरुलाई खुशी लागेको पोखरेल र रिजालले बताए । आश्रममा भएका विरामीहरुमध्ये सुधारै हुन नसको रजनी रहेको पनि बताए । उनलाई धेरै अस्पतलहरुमा उपचार गराए पनि सुधार हुन नसकेको काखका सचिव रिजाल बताउन्छ । तर पनि उपचार गर्न क्रम निरन्तरता नै रहेको उनले बताए ।

काखको अपिल

देश तथा विदशमा रहेका आम नेपालीहरुमा आश्रमको दयनीय अवस्थालाई बुझेर आफुले सकेको सहयोग गर्न आश्रमले अपिल गरेका छन् । सरकारी निकायहरुमा धेरै पटक गएर सहयोग गर्न अनुरोध गरे पनि आजसम्म कुनै पनि निकायबाट सहयोग हुन नसको र आफुहरुसंग पनि आर्थिक अभाव भएको हुदाँ भविष्य आश्रममा रहेका बच्चा र विरामीहरुलाई कसरी उपचार गर्ने भन्ने चिन्ता बढेकोसमेत बताए । रिजालले आश्रममा आउनु हुने सहयोगी व्यक्ति तथा संस्थाहरुले आर्थिकमा पनि सहयोग गरे चाहिँ आश्रमका विरामी र भाडा तिर्न सहज हुने भएकोले एक दुइ सय भए पनि आर्थिक सहयोग गर्न पनि अनुरोध गर्नु भएको छ ।

नेपाल स्नेही काखको सहारा भनी खुला हृदयले सहयोग गरौ । सेवा नै धर्म हो । मानव सेवा नै ईश्वर प्राप्त गर्नु हो, त्यसैले तपाई कोही पनि आश्रममालाई दिल खोलेर सहयोग गर्नु हुनेछ भन्ने विश्वास लिएको छ ।

तपाईको प्रतिक्रिया