काठमाण्डौ । गायक संगीतकार तथा एरेन्जर पुस्कर सुनुवार फेरी मैच्याङको मुस्कान असल गीतको भिडियो मार्फत बजारमा आएका छन् ।

बिगत दुई दशक देखि सांगीतिक क्षेत्रमा योगदान दिइसकेका गायक संगीतकार एक चिर परिचित नाम हो पुस्कर सुनुवार ।

विभिन्न एल्बमका गीत देखि फिल्म सम्मका गीतहरुमा आफ्नो गायकी संगै संगीत् र एरेञ्जको माध्यमबाट नेपाली गीत संगीत प्रेमी दर्शक स्रोताको मनमा बस्न सफल भएका गायक, संगीतकार पुस्कर सुनुवारको अर्को (मैच्याङको मुस्कान असल) गीतको भिडियो बजारमा आएको छ ।

उक्त गीतलाई प्रेम शेर्पाले रचना गरेका छन् भने, संगीत, संगीत संयोजन तथा गायकी गायक स्वयंम पुस्कर सुनुवार को रहेको छ ।

त्यसै गरी गीतको भिडियोलाई केशब विश्वकर्माले छायांकन गरेका हुन्। भिडियोलाई सम्पादन भने मोहन सुनुवार नबिनले गरेका छन् ।

उक्त भिडियोलाई सन्ध्या म्युजिक प्रालिले बजारमा ल्याएको छ।

तपाईको प्रतिक्रिया