मेरीबास्सै टेलिसिरियलबाट बल्छी ध्रुबेको नामले परिचित मरिचमान श्रेष्ठ आज बैबाहिक बन्धनमा बाधिएका छन् । गोर्खाका बल्छि धु्रबेले लमजुड.की करुणा नामकी आफ्नी प्रेमीका संग आज काठमाण्डौ स्थित म्हेपि मन्दिरमा बिबाह गरेका हुन् । झण्डै छ बर्ष लामो प्रेम सम्बन्धलाई बिबाहमा परिणत गरेको हो यो जोडीले ।

मेरीबास्सैमा यतिबेला बिबाहकै प्रसंगमा केटी खो्ज्न हिडिरहेको कथामा अभिनय गरिरहेका बल्छीले सिरियल भित्र केटी खोज्नका लागी गाउँले धेरैको सहयोग लिईरहेको भए पनि बास्तबिक जिवनमा भने सुटुक्क बिबाह गरेका छन् ।

बल्छी ध्रुबेले आजनै आफ्नी नव बिबाहित दुलहिलाई लिएर आफ्नो जन्मघर गोर्खा हानिएका छन् ।
हेर्नुहोस् विवाहको भिडियो:

तपाईको प्रतिक्रिया