काठमाडौं । अन्तर विद्यालय स्तरीय एकल नृत्य प्रतियोगितामा कौशल बोर्डिङ स्कुलकी रिजु घिमिरे प्रथम भउकी छन् । यसे साता काठमाडोको नेपालटारमा भएको उक्र प्रतियोगितामा १३ बिद्यालयका प्रतियोगिीलाई पछि पार्दै रिजुले प्रथम पुरस्कार हात पारेकी हुन । प्रतियोगितामा द्वितीय स्थान फुटुङ्ग मा.वि.की छात्रा सरस्वती प्रधानले जितेकी छन् । त्यस्तै तृतीय पुरस्कार ईमेज हाई स्कुलकी कृपा राईले लिन सफल भइन । सिर्जनशील विधार्थी समाजद्वारा आयोजित तारकेश्वरको नेपाल राष्ट्रिय माविमा सम्पन्न १३ विद्यालय संलग्न रहेका थिए ।

तारकेश्वर नगरपालिकाका नगरप्रमुख रामेश्वर बोहोराको प्रमुख आतिथ्यता र विशेष अतिथि वरिष्ठ कलाकार उत्तम के.सी.द्वारा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा करिब ८ सय विद्यार्थी संलग्न रहेको सृजनशील विद्यार्थी समाजका अध्यक्ष बाबुराम कुवँरले बताए । उक्त कार्यक्रममा ध्रुवराज खड्का, भूवन श्रेष्ठ, राम गौतम, महालक्ष्मी खड्कालगायत विभिन्न विद्यालयका प्रिन्सिपल तथा समाजसेवी र प्रतिष्ठत व्यक्तिहरूको समेत सहभागिता रहेका थिए ।

तपाईको प्रतिक्रिया