राजु बोहरा–काठमाडौँ । भेगीय हिसाबले पछिल्लो समयमा काँठ क्षेत्रका लोक तथा दोहोरी अलि ओझेलमा परेको हो कि भन्ने महसुस भैरहेको अवस्थामा , त्यो अवस्थाबाट सबै संगीत पारखीहरुका लागि बन्चित गराउन यति बेला अमृत खाती र सबिना कुँवरको संयुक्त प्रस्तुति “रातो माटो” बोलको गीत भर्खरै बजारमा आएको छ ।

निकै रोमान्चक सैलिमा तयार भएको यस गीतमा बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको सम्वृद्धिको लागि जुर्मुराएका गायक अमृत खाती र सबिना कुँवरको सुमधुर स्वर रहेको छ । गायक खाती पछिल्लो समयमा देश तथा बिदेशका स्टेज कार्यक्रमहरुमा निकै ब्यस्त गायक हुन् ।

प्रस्तुत गीतलाई लय शब्द नयन सोदरिले भरेका छन् गीतको मिठास्ता जस्तै भिडियोलाई पनि अत्यन्त आकर्षक बनाउने कोसिस गरिएको छ भिडियोलाई सन्जिब ठकुरी, सपना मल्ल, दिनेश सापकोटा र Angelbsk रहेको छ । भिडियोलाई निर्देशन मौसम हिमाली, छायांकन बासु बराल र सम्पादन मनोज कार्कीको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया